१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


दृष्टिविहिन टी-२० क्रिकेटमा नेपालको पहिलो जीत


1.664k
Shares

काठमाडौं । पाकिस्तानको लाहोरमा भैरहेको दृष्टिविहीन टी–२० क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हात परेको छ ।

सोमबारको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जितका लागि अफगानिस्तानलाई दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित ओभरमा सवै विकेट गुमाएर एक सय २० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्ध शतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्त,ै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए । यस्तै नेपालविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तानका अबाशीनले ५२, द्वारनले २१ तथा शराफतले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले तीन तथा भरत थापा, अमिश गुरागाईँ र सुनिल सुवेदी क्षेत्रीले एक एक विकेट लिए ।

नेपालले मंगलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ ।