१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


शहीदहरुको सपना पूरा गर्न कांग्रेस सधैं लाग्छ : सभापति देउवा


351
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीदहरुका अधुरा सपना पूरा गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सोमबार जनकपुरमा पार्टीका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्दै सभापति शेरबहादुर देउवाले सो कुरा बताउनुभएको हो । २०१७ सालमा कू गरी राजा महेन्द्रले विपी कोईराला लगायतका नेता, कार्यकर्तालाई जेलमा कोचेपछि ठाकुरले उनीमाथि बम प्रहार गरेका थिए ।

सो घटनाको स्मरण गर्दै सभापति देउवाले जनताको अधिकार खोस्ने राजा महेन्द्रविरुद्ध बम हान्ने व्यक्ति ठाकुरले प्रजातन्त्र पुनःप्राप्तीको लडाईका देखाउनुभएको समर्पण सबैका लागि अनुकरणीय रहेको बताउनुभयो । उहाँले जेलमा रहँदा आफूले ठाकुरलाई प्रजातन्त्रका लागि लडाई लड्नुपर्छ भन्ने अथक योद्धाको रुपमा भेटेको स्मरण पनि गराउनुभयो ।

सभापति देउवाले ठाकुरको योगदानको उच्च सम्मान गर्दै पार्टीले उहाँको पत्नी मञ्जु ठाकुरलाई संविधान सभा सदस्य बनाएको र आगामी दिनमा पनि त्यस्तै अवसर दिने आश्वासन समेत दिनुभयो ।

सभापति देउवाले कांग्रेसले आफ्ना शहीदको हितमा सधै काम गर्दै आएको दाबी समेत गर्नुभयो ।