१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौं : उपप्रधानमन्त्री सिंह


169
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन शहरी नीतिलाई मूर्त रुप दिन आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार विश्व शहर दिवस तथा विश्व सहरी योजना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री सिंहले राष्ट्रिय सहरी नीतिलाई छिट्टै मन्त्रिपरिषद् बैठकबाट मूर्त रुप दिनुपर्ने भएकाले तदारुकताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले सहर निर्माणका क्रममा स्थानीय सरकार र अध्ययनशील युवाहरुका विचारहरुलाई समावेश गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री सिंहले पुर्खाहरुले छोडेर गएको विरासतलाई सँगसँगै लगेर शहरी विकासका कामहरु गरेर विश्वलाई चिनाउनुपर्ने बताउनुभयो । मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी शहर निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो । विश्वमा चलेको शहर विकासको ट्रेण्डलाई पछ्याउँदै सहरीकरणका योजना बन्नुपर्नेमा उहाँको जोड थियो ।