१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


काँग्रेस नेतृ चिनी हिरा अस्पतालमा भर्ना


1.937k
Shares

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ चिनी हिरा शाक्य रञ्जित बिरामी भएर अस्पतालमा भर्ना हुनुभएको छ ।

७६ वर्षीया नेतृ शाक्यको छाती र मृगौला सम्बन्धी रोगका कारण थापाथलीस्थित नर्भिक अस्पतालको सिसियुमा उपचार भइरहेको छ ।

उहाँका श्रीमान एवं नेपाली काँग्रेसका वरिष्ठ नेता ध्यान गोविन्द रञ्जितका अनुसार नेतृ शाक्यको ११ दिनदेखि सिसियुमा उपचार भइरहेको र हालसम्म तीन पटक डाइलोसिस भइसकेको छ ।

काँग्रेस महासमिति सदस्य समेत रहेकी नेतृ शाक्य नेपालको प्रजातान्त्रिक आन्दोलन र महिला सशक्तिकरणमा लागेकी संघर्षरत महिला हुनुहुन्छ ।