१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


एमाले मुख्यालयबाट कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार


2.34k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाले पठाएको जरिवानासहितको पत्र बुझ्न अस्वीकार गरेको छ ।

गत शुक्रबार दरबारमार्गमा जागरणसभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले काटेको पत्र बुझाउन आज महानगरको टोली एमाले मुख्यालय पुगेकोमा एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो ।

शुक्रबारको कार्यक्रमको आयोजक काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटी भएको भन्दै एमाले मूख्यालयले पत्र नबुझेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको भन्दै बुझ्न अस्वीकार गर्नुभएको थियो ।

कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाइ गरेको दाबी गर्दै एमालेले मेयर बालेन शाहले स्टन्टबाजी गर्नका लागि पत्र काटेको आरोप लगाएको छ ।