२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


एउटै ढुङगामा बनेको पुरानो शौचालयको प्यान फेला


1.092k
Shares

काठमाडौं । लिच्छविकालीन एउटै ढुङ्गामा बनेको शौचालयको प्यान फेला परेको छ । क्षेत्रपाटीस्थित कन्या मन्दिर माध्यामिक विद्यालयको परिसरमा फ्याकिएको अवस्थामा सो शौचालयको प्यान फेला परेको हो ।

प्राचिन तथा मध्यकालीन इतिहास र संस्कृति विज्ञ मिलनरत्न शाक्यका अनुसार फेला परेको ढुङ्गाको शौचालयको प्यान आठौंदेखि बाह्रौं शताब्दी बिचको हो । प्यान लिच्छविकालको ईखा पुखू क्षेत्रमा रहेको प्राचीन दरवारको हुनसक्ने उहाँको भनाइ छ ।

लिच्छविकालमा दरवारनजिक रहेको थँहिति लगायतको क्षेत्र तिब्बत सँगको व्यापारिक केन्द्र भएको उहाँले बताउनुभयो । फेला परेको शौचालयको प्यान र त्यस क्षेत्रको अध्ययन हुनसके त्यस समयको नगर सभ्यताको शौचालय, ढल तथा सरसफाइ प्रणाली र कृषि मल उत्पादन पद्धतिको बारेमा महत्वपूर्ण तथ्य बाहिर आउन सक्ने उहाँको भनाइ छ ।