काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा हजार बुद्धको पूजा अर्चना गर्नुभएको छ ।
मन्दिर उद्घाटन अवसरमा त्यहाँ पूजाआजा कार्यक्रम राखिएको हो ।
पूर्वराजा शुक्रबार बिहान चार्टर विमानबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनु भएको थियो । पूर्व राजा विमानस्लबाट बाहिर निस्किदा समर्थक, शुभेच्छुक र सर्वसाधारणले भब्य स्वागत गरेका थिए ।
बुद्ध मन्दिरहरुमा पुजापछि पूर्व राजाले बौद्ध धर्मका गुरु तथा लामाहरुसंग कुराकानी समेत गर्नुभएको थियो । पूर्व राजा आजै राजधानी फर्किनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्