एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका म्याट गेट्जले आफ्नो नाम फिर्ता लिएका छन् । ट्रम्पले महान्यायाधिवक्ता छनोट गर्नासाथ कंग्रेसबाट राजीनामा दिएका गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव समेत त्यागेका हुन् ।
गेट्जले महान्यायाधिवक्ताको प्रस्ताव लत्याएसँगै सभामुख माइक जोनसनले उनको प्रसंशा गरेका छन् । उनले महान्यायाधिवक्ताबाट नाम फिर्ताको घोषणालगत्तै गेट्जको भविष्य उज्ज्वल रहेको बताएका छन् ।
रिपब्लिकन प्यानलिष्टहरुले गेट्जविरुद्धको छानविन प्रतिवेदन सार्वजनिक नगर्न दबाव दिएका छन् । छानविन समितिले गेट्जमाथि यौन दुर्व्यवहार र अन्य अपराधको अनुसन्धान गरेको जिकिर गरेको छ भने त्यसका केही साक्षीहरुसँग पनि समितिले बयान लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्