काठमाडौं । नेपालका लागि टिभिएस मोटरको अधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ स्कुटर सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युको टु प्वाइन्ट टु किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको हो ।
नयाँ भेरिन्टको लन्चसंगै कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादहरु प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
पावर अफ च्वाइस अन्तर्गत ग्राहकलाई विभिन्न रेन्ज, चार्जिङ् र प्राइस अपरेसन उपलब्ध गराइने भएको छ ।
लन्च कार्यक्रममा कम्पनीका ईभी इन्टरनेशनल विजनेशका भाइस प्रेसिडेन्ट मधुप्रकाश सिंहले नेपालमा टिभिएस आइक्युका यात्रा निकै फलदायी हुने दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्