१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालतमा पेस


689
Shares

काठमाडौं । साइबर अपराधसम्बन्धी आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको र उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिने प्रवक्ता बोगटीले बताउनुभयो ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा उनलाई मंगलबार सिआइबीले पक्राउ गरेको थियो ।