काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्