काठमाडौं । सभामुख देवराज घिमिरेले खेलबाट राष्ट्रको विकास गर्नेगरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
सभामुख घिमिरेले खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको बताउनुभयो । उहाँले खेललाई राज्यले दिनुपर्ने जति महत्व दिन नसकेको गुनासो समेत गर्नुभयो । उहाँले खेलकुदमा हरेक ठाउँबाट सक्रियता लिने हो भने खेलकुद क्षेत्रमा धेरै अवसरहरु रहेको बताउनुभयो ।
राष्ट्रमा आवश्यक पर्ने नीतिदेखि व्यवहारहरुलाई सुधार गर्दै खेलकुदको क्षेत्रमा गर्नुपर्ने प्रगति सबै मिलेर मात्रै सम्भव रहेको बताउनुभयो । नेपालले केही समय यता खेलकुदमा प्रगति गर्दै आइरहेको र अझ बढी क्रिकेटमा नेपालले प्रगति हाँसिल गरिरहेको बताउनुभयो । सभामुख घिमिरेले नेपालका लागि खेलकुदमा भविष्य सुन्दर रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्