एजेन्सी । भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक खराब अवस्थामा पुगेको छ । वायु प्रदुषणका कारण हुनसक्ने संकटलाई ध्यानमा राखि दिल्ली सरकारले साना स्कुले विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गरेको छ । सोसल मिडियामार्फत मुख्यमन्त्री आतिशी मार्लेनाले अर्को सूचना जारी नभएसम्म अनलाइन कक्षा जारी राख्न निर्देशन दिनुभएको छ ।
पछिल्लो समय दिल्लीमा वायु प्रदूषण बढेर अत्यन्त खराब स्तरमा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीका अधिकांश स्थानमा वायु गुणस्तर सूचकांक एक्यूआई ४ सयभन्दा माथि पुगेको छ । जसलाई अत्यन्त गम्भीर स्तर मानिन्छ ।
अहिले त्यहाँका मानिसहरुलाई श्वासप्रश्वासका विभिन्न समस्या देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो केही समय यता पाकिस्तानलगायत कयौं मुलुक वायु प्रदुषणको चपेटामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्