१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


महिला सशक्तिकरणका अभियान बिस्तार गर्ने योजनामा छौं : मन्त्री यादव


221
Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तिकरणका अभियानलाई बिस्तार गर्ने योजनामा सरकार रहेको बताउनुभएको छ ।

बुधबार वीरगञ्जमा आयोजित वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दा बढी किशोरीहरुलाई आत्मारक्षाका लागि दिएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाले शुरु गरेको अभियान शुरुवात मात्रै भएको भन्दै अन्य जिल्लाहरुमा पनि किशोरीहरुका लागि आत्मरक्षाको कार्यक्रम अघि बढाउँदै लैजाने बताउनुभयो । किशोरीहरुको सशक्तिकरणको लागि तालिम कार्यक्रमहरु सञ्चालन गर्न सरकारले अब ढिला नगर्ने बताउनुभयो ।

मन्त्री यादवले यस्ता तालिमहरुले जीवनमा आत्मबल, आत्मविश्वास बढाउने, शारीरिक र मानसिक रुपले बलियो बनाउने र हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सिकाउने बताउनुभयो । महानगरपालिकाले एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारीअनुसार तालिम कार्यक्रम आयोजना गरिएको हो ।