Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


काठमाडौं–चिवतन बुलेट ट्रेन बनाउन परिसंघको प्रस्ताव


0
Shares

काठमाडौं, भदौ ३१ । नेपाल उद्योग परिसंघले काठमाडौं–चितवन ‘बुलेट ट्रेन’ परियोजना अगाडि बढाउन सुझाव दिएको छ ।

परिसंघले आइतबार राजधानीमा प्रदेश नम्बर ३ का मूख्यमन्त्री लगायतसँगको अन्तक्र्रियामा अध्यक्ष हरिभक्त शर्माले काठमाडौं–चितवन ‘बुलेट ट्रेन’ को प्रस्ताव गरेका हुन् ।

प्रदेश नम्बर ३ को आर्थिक समृद्धिको खाका कोर्न बुलेट ट्रेन बनाउनु पर्ने सुझाव परिसंघले दिएको हो । शर्माले आगामी पाँच वर्षभित्र प्रदेश ३ को प्रतिब्यक्ति आय ४ हजार डलर बनाउने गरी काम गर्नुपर्ने पनि बताए ।

देशभरीको २३ प्रतिशत उद्योगको हिस्सा प्रदेश ३ मा रहेको भन्दै निजी क्षेत्र प्रदेशसँग मिलेर काम गर्न चाहेको उनको भनाइ थियो । प्रदेशको राजधानी जहाँ राखेपनि पुर्वाधार विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले प्रदेश नं. ३ मा विश्व सम्पदा सूचीमा परेका ८ स्थान, हेटौंडा र चितवनमा ठुला उद्योगहरुको विकास गर्न सकिने भन्दै यो प्रदेशमा ठुलो सम्भावना रहेको बताए ।

यस्तै प्रदेश नम्बर ३ का राष्ट्रिय योजना उपाध्यक्ष डा. खिमलाल देवकोटाले पर्यटन क्षेत्रको विकास गर्न सकेमा ३ नम्बर प्रदेशले विकासको गति तीव्र बनाउन सक्ने बताए ।