१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन


559
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आत्मसमीक्षासहित जनताको घरमा जान निर्देशन दिनुभएको छ ।

बुधबार कीर्तिपुरमा कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा सभामा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन शुरु गर्न आफूले चाहेको बताउनुभयो । उहाँले जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन नसकेको स्वीकार गर्दै अब आफूहरु बदलिन चाहेको बताउनु भयो ।

अध्यक्ष दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको कीर्तिमान कीर्तिपुरमा कायम गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटी र कमी भएको बताउँदै अब जनताको घरघरमा पुगेर आफ्ना एजेण्डाहरु प्रश्तुत गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष दाहालले कीर्तिपुरका लागि पार्टी हेडक्वार्टरबाट गर्नुपर्ने कुनैपनि कमजोरी हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।