इलाम । इलामको माइपोखरीमा पनि हरिबोधनी एकादशी मेला लागेको छ ।
सुन्दर जल क्षेत्रका साथै यो पोखरी हिन्दू, बौद्ध र मुन्धुम धर्मावलम्वीहरुको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्र समेत हो ।
यहाँ प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाउने गरिन्छ ।
हिजोबाट सुरु भएको माईफोखरी महोत्सव आज समापन हुदैछ । यस्तै इलाम बजारबाट बिब्ल्याँटे, बरबोटे, जसबीरे हुँदै माइपोखरीसम्मको यात्रा गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्