Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


आइतबार नेप्से ११ अंकले बढ्यो


0
Shares

काठमाडौं, भदौ ३१ । साताको पहिलो दिन आइतबार पूँजी बजारमा बृद्धि आएको छ ।

यसदिन शेयर बजार परिसूचक (नेप्से) करिब १२ अंकले बढेर १२५६ अंकमा पुग्यो । यसदिन कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से दोहोरो अंकले बढेको हो ।

जीबन बीमा समूह सबैभन्दा उच्च ४८ अंकले बढ्यो । यस्तै उत्पादनमुलक समूह २६ अंकले, निर्जीवन बीमा र विकास बैंक समूह २०/२० अंकले उक्लियो भने वाणिज्य बैंक समूहमा पनि १३ अंकको बृद्धि आयो ।

यसदिन १ सय ६६ कम्पनीको ३० लाख ७० हजार कित्ता शेयर ९१ करोड ५२ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।