Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


रक्षामन्त्री राईको स्पष्टिकरण – अमेरिकी सेना नेपालमा दलबलसहित आएका छैनन्


1.6k
Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेकुरामा सत्यता नरहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले एक जना रथी आएको तर दलबलसहित अरु अमेरिकी सेना नेपाल आएको भन्नेकुरा सत्य नभएको बताउनुभएको हो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सो प्रश्न मन्त्री राईलाई गर्नुभएको थियो । उहाँले एक जना रथी आएपनि अरु अमेरिकी सेना नेपाल नआएको प्रष्टयाउनुभएको हो ।

त्यस अवसरमा मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयलाई आफूले प्राथमिकता दिएको पनि बताउनुभयो ।