२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


कालीकोटमा जीप दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु


845
Shares

काठमाडौं । कालीकोट जिल्लाको पलाता गाउँपालिकास्थित राडुकाप्रे खोलामा यात्रु बाहक जीप दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

खिनदेखि थिर्पुतर्फ जाँदै गरेको बोलेरो जीप आइतबार दिउँसो साढे २ बजे राडुकाप्रे खोलामा दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा १३ जना गम्भीर घाइते भएको पनि प्रहरीले जनाएको छ । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि सुर्खेत लगिएको छ ।

गाडीमा कति जना थिए भन्ने अझै यकिन भईनसकेको र दूर्घटना स्थलमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । गाडी सडकबाट तीन सय मिटर खसेको थियो ।