२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति


2.431k
Shares

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

कात्तिक २० गते १० दिन थपेको म्याद सोमबार सकिएपछि अदालत उपस्थित गराइएकोमा न्यायाधीश नवराज दाहालको इजलाशले थप १३ दिनको म्याद दिएको हो ।

प्रहरीले लामिछानेको बयान अझ नसकिएको भन्दै म्याद थप्न माग गरेको थियो । योसंगै लामिछानेको म्याद थपेको चौथो पटक हो । पहिलो पटक कात्तिक ४ गते ५ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन म्याद थप गरिएको थियो ।

यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएका लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीलगायतका सहकारीको रकम ठगी गरेको आरोप लागेको छ । सोही आरोपमा पूर्व डीआइजी छविलाल जोशीलाई पनि दश दिन नै म्याद थपिएको छ ।