२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई


962
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ ।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई दोश्रो कार्यकालका लागि विजयी भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना व्यक्त गर्दै लेख्नुभएको छ– ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालका लागि तपाईँलाई हार्दिक बधाई तथा सफलताको शुभकामना’ ।

साथै राष्ट्रपति पौडेलले ट्रम्पको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।