२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख, रिपोर्टहरु सामान्य


650
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि मंगलबार नियमित भेटघाट कार्यक्रम स्थगित गर्नुभएको थियो । उहाँ अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहनुभएको छ ।