काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा सर्वोच्चले मनाङ्गेलाई दोषि ठहर गर्दै जेल सजायको आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको ईजलाशले आज मनाङ्गेलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । पाटन उच्च अदालतले जिल्ला अदालतको फैसला सदर गर्दै मनाङ्गेलाई दोषी ठहर गरेपछि उनी सर्वोच्च गएका थिए । सर्वोच्चले पनि उच्च अदालतकै फैसलालाई सदर गरेको हो ।
मनाङ्गे सोही आरोपमा दुई वर्ष जेल बसिसकेकाले अब उनले थप तीन वर्ष कैद सजाय भुक्तान गर्नु पर्नेछ । २०६१ सालमा मनाङ्गेले चक्रे मिलन भनिने मिलन गुरुङलाई तरबार प्रहार गरेका थिए । उनको छिनेको हात पछि जोडिएको थियो भने मिलनकी श्रीमती इन्दिरा गुरुङले मनाङेविरुद्ध ज्यान मार्ने कसुरको किटानी उजुरी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्