अर्घाखाँची । अर्घाखाँचीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ घाइते भएका छन् ।
भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा सोमबार बेलुका देउसी भैलो खेलिरहेको ठाउँमा बसले ठक्कर दिँदा भूमिकास्थान नगरपालिका २ ढाकाबाङ्गकी ७० वर्षीया रुनी खनालको घटनास्थलमै र भुमिकास्थान नगरपालिका ६ खिल्जी कि २२ वर्षीया तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते १० जनालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालका निमित्त प्रमुख डा.अशोक शाहले बताउनुभएको छ । अन्य २६ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।
बसले मानिससँगै लु ३ च ५२११ नम्बर को बलेरा जीप, लु १ज ४१५९ नम्बरको ट्याक्सी र लु ९५प १४६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा ३ वटै सवारी साधनमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । बस ब्रेक फेल भएर अनियन्त्रित भएको बताइए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्