काठमाडौं । यस वर्ष लक्ष्मी पूजाको दिन देशमा विद्युत्को कुल माग एक हजार ६०२ मेगावाट देखिएको छ ।
नेपालमा हरेक वर्ष लक्ष्मी पूजाको दिन सवैभन्दा बढी विजुलीको माग हुने गर्दछ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहप्बार साँझ ७ बजेको पिक आवर डिमाण्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको थियो ।
गत वर्षको लक्ष्मी पूजाको दिन विजुलीको डिमाण्ड १ हजार ४३८ मेगावाट थियो । गत वर्षको तुलनामा यो वर्ष १६४ मेगावाट माग थपिएको हो ।
उपत्यकाको पिक आवर डिमाण्ड ३९० मेगावाट रहेको थियो । गत वर्षभन्दा उपत्यकामा ३६ मेगावाट माग बढेको हो । तर विजुलीको यो माग घरायसी प्रयोगका लागि हो । तिहारमा देशभरका उद्योगधन्दा तथा कलकारखानाहरु बन्द हुने भएकाले औद्योगिक क्षेत्रको माग समावेश नगरिएको प्राधिकरणले जनाएको छ ।
लक्ष्मीपूजाको दिन देशभित्रको माग पुरा गरी २५३ मेगावाट विद्युत् पिक आवरमै पनि भारततर्फ पठाइएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मी पूजाको दिन ५१७ मेगावाट विजुली निर्यात भएकोमा यो वर्ष बाढी पहिरोले क्षति पु¥याएका आयोजनाहरुबाट उत्पादन रोकिएकाले निर्यात घटेको हो ।
प्रतिक्रिया दिनुहोस्