२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024


शेयर बजारमा गिरावट


507
Shares

काठमाडौं । शेयर बजार पुनः ओरालो लागेको छ ।

निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजार पछिल्ला दुई दिन सकारात्मक रहेकोमा आज पुनः दोहोरो अंकले ओरालो लाग्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर २६ सय ६६ मा थामियो । सुरुवाती समय उकालो लागेर पटक पटक २७ सय छुँदै नेप्से अन्तिममा दोहोरो अंकले ऋणात्मक रहेर थामिएको हो ।

कारोबार मंगलबारको तुलनामा सामान्य घटेर ६ अर्ब तल खुम्चियो । होटल तथा पर्यटन, निर्जीबन बीमा र व्यापार समूहबाहेक अरु समूह ओरालो लागे । होटल समूहमा अढाई प्रतिशतको वृद्धि आयो । लगानी र वित्त समूहमा १ प्रतिशतमाथिको गिरावट आउँदा बाँकी सामान्य अंकले ओरालो लागे ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ५ कम्पनीको १ करोड २० लाख कित्ता शेयर ५ अर्ब ९६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बुधबार १ सय ६४ स्टकको मूल्य घट्दा जम्मा ७५ कम्पनीको बढ्यो । घटेको बजारमा पनि गुराँस लघुवित्त, मिडसोलू हाइड्रोलगायत आधा दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।