६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


सुवाष नेम्वाङ वर्तमान संविधानका पिता : न्यायाधीश प्रधान


1.417k
Shares

काठमाडौं । कानूनविद्हरुले स्वर्गीय सुवाषचन्द्र नेम्वाङको समन्वयकारी व्यक्तित्वको चर्चा गरेका छन् ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले नेम्वाङलाई अहिलेको संविधानको पिताको रुपमा पनि चित्रण गर्नुभयो ।

सोमबार सर्वोच्च अदालत बार एशोसिएशनले प्रकाशित गरेको स्मृतिमा सुवाष नेम्वाङ स्मृति ग्रन्थ लोकापर्ण कार्यक्रममा बोल्दै न्यायाधीश प्रधानले संक्रमणकालीन न्यायलाई आजको अवस्थामा पु¥याउने पनि उहाँले निर्वाह गर्नुभएको भुमिको खुलेर प्रशंशा गर्नुभयो ।

कार्यक्रममा एमाले नेता भीम रावलले स्वर्गीय नेम्वाङले देशको निम्ति ठूलो योगदान गर्नुभएको चर्चा गर्नुभयो । कूटनीति, राजनीति, विवाद मिलाउने विषयमा उहाँ सिपालु भएको र त्यसैले आफूसँग उहाँको मित्रता कायम हुन गएको पनि उहाँले स्मरण गराउनु भयो । नेम्वाङलाई बहुआयामिक व्यक्तित्वको रुपमा उल्लेख गर्दै नेता रावलले उहाँले पार्टीमा आउने गरेको झटका मिलाउन काममा पनि नेतृत्वदायी भुमिका खेल्ने गरेको बताउनुभयो ।

एमाले सांसद सुहाङ नेम्वाङले आफ्ना पिता सुवाषले सिंगै मुलुकको एकतामा जोड दिएको र त्यसै बाटौबाट मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने बताउनुभयो । उहाँले नेपाली राजनीतिलाई सकारात्मक बाटोमा अघि बढाउन आफ्ना बुबा सुवाषको अभाव अहिले पनि खडकीरहेको बताउनुभयो ।

नेम्वाङले पिता सुवाषको विनम्रता, शालिनताबाट सिकेर राजनीतिक दलहरु अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।