
विवेक खड्का
दाङ, भदौ ३१ । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं रकम ठगी गर्ने पूर्वप्रहरी हवलदारलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
दोलखा भिमेश्वर नगरपालिका–१ चरिकोट घर भई हाल काठमाडौं बस्दै आएका कालीबहादुर लामालाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
लामालाई सिआइवीको सहयोगमा भदौ २७ गते काठमाडौंबाट पक्राउ गरिएको जनाइएको छ । लामाले विभिन्न व्यक्तिलाई प्रहरीमा भर्ती गराइदिने भन्दै प्रतिव्यक्ति करिब २ लाख ५० हजार रुपैयाँ ठगी गर्दै आएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्