
काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना गर्ने बताउनुभएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयमा ६९ औं नेपाल प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले उहाँले यस्तो बताउनुभएको हो । आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना सम्बन्धी अवधारणा तयार गरी तालुक गृह मन्त्रालयमा स्वीकृतार्थ पेश गरेको बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कुल स्वीकृत दरबन्दी ७९ हजार ५४१ रहेकोमा हाल कार्यरत जनशक्ति ७५ हजार ६८६ रहेको बताउनुभयो । उहाँले हाल नेपाल प्रहरीका स्वीकृत २ हजार ६ सय ६० प्रहरी इकाइमध्ये १ हजार ४२ इकाइको आफ्नो जग्गा नरहेको बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले ७९१ इकाइको आफ्नो कार्यालय भवन नरहेको बताउनुभयो । उहाँले ३७० इकाइले भाडामा र ४४१ इकाइले अन्य निकायको भवनमा रहेर सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आधुनिकीकरण, सांगठनिक सुदृढिकरण र संस्थागत विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्