काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ ।
मंगलबार मेलम्चीबाट काठमाडौं पथान्तरण गरिएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा पानी वितरण गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिनुभएको हो ।
मन्त्री यादवले केयुकेएलले दुई दिन बिराएर पानी वितरण गर्ने भनेपनि अहिले मानिसहरुको चाप कम रहेकाले एक दिन बिराएरै पानी वितरण गर्न आग्रह गरेको बताउनुभयो । उहाँले वर्षातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि आजबाट उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको बताउनुभयो ।
मन्त्री यादवले तत्काल मेलम्चीबाट १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं उपत्यकामा आउने जनाउनुभयो । पानी ल्याउन धेरै चुनौति र कठिनाइ व्यहोर्नुपरेको भन्दै स्थानीयहरुको माग दशैँपछि सिंहदरबारमा बोलाइ संवादबाट पूरा गर्न सरकार तयार रहेको बताउनुभयो ।
मन्त्री यादवसँग स्थानीयवासीले तीन महिनाभित्र मागहरु सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मन्त्री यादवले हेलम्बु र मेलम्चीवासीले आन्दोन गर्नुपर्ने स्थिति आउन नदिने बताउनुभएको छ ।.
प्रतिक्रिया दिनुहोस्