१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


काठमाडौं उपत्यकामा पुनः मेलम्चीको पानी वितरण सुरु


871
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नुभएको हो ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न वितरण शाखाबाट वितरण सुरु भएको छ ।

स्थानीयहरुसँगको वार्तापछि मन्त्री यादवले पानी अब अर्को वर्षातको समयसम्मै वितरण हुने र स्थानीयका मागहरु दशैँपछि बोलाएर सम्बोधन गरिने बताउनुभयो । गत वर्षको वर्षातसँगै मेलम्ची खानेपानीको मुहानमा हुने क्षतिलाई मध्यनजर गरी पानी पथान्तरण रोकिएको थियो । यस वर्ष दशैँको अगाडि नै पानी पथान्त्रण सुरु गरिएको हो ।