Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


जनकपुरमा झिझिया महोत्सव हुने


0
Shares

काठमाडौं । नव मिथिला फाउण्डेसनको आयोजनामा जनकपुरधाममा झिझिया महोत्सव हुने भएको छ ।

विजया दशमीको अवसर पारेर असोज २३ गते बुधबार झिझिया महोत्सवको आयोजना गर्न लागिएको नव मिथिला फाउण्डेसनले जनाएको हो ।

मिथिलाको लोक संस्कृति, लोक गायन तथा धार्मिक परम्परालाई बचाउने उद्देश्यले झिझिया महोत्सवको आयोजना गर्न लागिएको फाउण्डेसनका अध्यक्ष अमित साहले जानकारी दिनुभयो ।

अध्यक्ष साहकाअनुसार पाँच सय जना टाउकोमा झिझियाको घैँटो राखेर झिझियाको गीतमा नाच्ने योजना समेत रहेको छ । महोत्सवमा झिझियाको विगत, वर्तमान र भविष्यबारे चर्चासमेत गरिने छ । झिझियाको विषयमा मन्थनका लागि सत्रको आयोजना गरिने छ ।

विगत ६ वर्षदेखि जनकपुर साहित्य महोत्सवको आयोजना गर्दै आएको फाउण्डेसनले यस वर्ष दोस्रो पटक झिझिया महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष साहले बताउनुभयो । महोत्सवमा धनुषाधाम टिम, मिथिलेश्वर झिझिया समूह, मिथिला झिझिया समूह वडा नम्बर २, भोइल झिझिया समूह वडा नम्बर १८,अप्पन मिथिला झिझिया समूह वडा नम्बर ४, जनकपुर युथ बैण्ड, हिमाली इंंगलिश बोर्डिङ्ग स्कुल, जनकपुर एकेडमी स्कुलले झिझिया नृत्य प्रस्तुत गर्ने छ ।

महोत्सवमा गायक ललित कामतको सांगीतिक प्रश्तुती समेत रहने बताइएको छ ।

Skip This