काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ढकालले कतिपय नीति बनाउँदा लहडमा बनाइने तर पछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै नीतिहरु बनाउँदा दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने बताउनुभयो । उहाँले सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन गरेको भएपनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरु लहडमा बनाउने र लहडमा बन्द गर्ने गर्नु नहुने बताउनुभयो । उहाँले अनुगमनको हिसावले मात्रै राजश्व बढ्न भन्ने नहुने पनि उल्लेख गर्नुभयो ।
अध्यक्ष ढकालले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । स्थिर नीति हुँदा व्यवसायहरु पनिफस्टाउने बताउनुभयो । उहाँले नेपालमा स्थिर नीति छ भन्ने विश्वास दिनसके छोटो समयमा नेपालको उद्योग क्षेत्र फस्टाउने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्