काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको आज नियुक्ति तथा शपथग्रहण कार्यक्रम हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र दिउँसो साढे १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।
यसअघि प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोज गते अवकाश भएपछि राउत प्रधानन्यायाधीश बन्नु भएको हो ।
संवैधानिक परिषदको बैठकले ३१ भदौ गते राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो भने संसदीय सुनुवाइ समितिले १६ असोज गते राउतको नाम अनुमोदन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्