काठमाडौं । नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
विश्वलाई शान्तिमय बनाउने मूल उद्देश्यका साथ मानवीय सभ्यताका विविध विषयमा छलफल सुरु गरिएको हो ।
विश्वभरका सभ्यता सम्बन्धि अनुसन्धानकर्ताहरु सहभागी भएर सभ्यतामार्फत शान्तिमय विश्व बनाउने उद्देश्य सम्मेलनले लिएको अनुसन्धानकर्ता डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।
भारत, चीन, अमेरिका, पाकिस्तान, संयुक्त अरब ईमिरेट्स, क्यानडा, हङकङ लगायतका देशहरु सहभागी रहेको तीन दिने सम्मेलन शुक्रबारबाट काठमाडौं सुरु भएको छ । शनिबार र आइतबार भने सो सम्मेलन नगरकोटमा आयोजना हुने छ ।
सभ्यतालाई विश्वशान्तिको माध्यामको रुपमा अघि बढाउने सो अन्तर्राष्ट्रिय सम्मेलनको जोड छ । अनुसन्धानकर्ता डा. तिमिल्सिनाले सम्मेलनको सो निचोडलाई विश्वशान्ति कायम गराउने बौद्धिक सम्पत्तिको रुपमा अघि बढाइने लक्ष्य लिइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्