काठमाडौं । सरकारले उपभोक्तालाई राहत दिने उद्देश्यले हरेक वर्ष चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ करपोरेशन र दुग्ध विकास संस्थान मार्फत सरकारले ८५ स्थानमा यस्ता पसल शुरु गरेको छ । जसका कारण बजार भाउ भन्दा थोरै भएपनि उपभोक्तालाई राहत हुने गरेको छ ।
सरकारले चाडवाडलाई लक्षित गरी शुरु गरेको सुपथ मूल्य पसलमा थुप्रै उपमोग्य सामग्री उपलब्ध भए पछि अधिकांस उपभोक्ताहरु भने दशैंका लागि चिनी र चामल लिन आउने गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहान १० बजेदेखि बेलुकी ५ बजे सम्मका लागि सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । तर कर्मचारीहरु भने निर्धारित समय भन्दा ढिलोसम्म बसेर पनि उपभोग्य सामाग्री बिक्री वितरण गर्दै आएका छन् । जसका कारण आम उपभोक्ताले गुणस्तरीय र बजार भाउ भन्दा सस्तो मूल्यमा पाउने अवस्था गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख ज्ञानु थापाले बताउनुभयो ।
हरेक वर्ष सुपथ मूल्यमै खसी बोका र च्याङ्ग्रा पनि विक्री गर्ने गरिएकोमा हालै आएको बाढी पहिरोका कारण समयमै खसी बोका र च्याङ्ग्रा नआउला भन्ने चिन्ता विभागलाई छ ।
चाडवाडको बेला चिनीको अभाव हुने र चिनीको मूल्य बजारै पिछ्छे फरक हुने समस्या हुने गरेको छ । तर सुपथ म्ूल्य पसलबाट अन्यत्र भन्दा सस्तो दरमा चिनि विक्री भईरहेको छ । बाइट… ।
बिभागले हरेक बर्ष आफै उत्पादन गर्दै आएको दाल र चामल पनि यहाँबाट बिक्री गर्ने गरेको छ भने अन्य खाद्य बस्तुहरु पनि विभिन्न विक्रेताबाट खरिद गरी बेच्ने गरेको छ । चाडपर्वको समयमा सुपथ मूल्य पसलमा मालसमानको अभाव हुन नदिन उचित व्यवस्थापन गरिएको विभागले दाबी गरेको छ ।
विकट जिल्लाहरुमा समेत सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएकाले बजार मूल्य नियन्त्रणमा थोरै भए पनि सहयोग पुग्ने विश्वास गरिएको छ । साथै निजी क्षेत्रका व्यापारीहरुले मौकामा चौका हान्दै उपभोक्ता लुट्ने प्रवृत्तिलाई पनि यसले लगाम लगाउन सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्