२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ : मन्त्री यादव


559
Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने बताउनुभएको छ ।

जल तथा मौसम विज्ञान विभागले अबको दुई÷तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताउनुभएको हो ।

मन्त्री यादवले २०७६ सालको बाढी,पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भएको र त्यसबाट स्थानीयहरु त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौंका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिनुभयो । उहाँले मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान हुने उल्लेख गर्नुभयो । उहाँले अहिले मन्त्रालयले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरु डिजिटल प्रणालीबाट जाँच गरिरहेको बताउनुभयो ।

मन्त्री यादवले मेलम्चीवासीका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र स्थानीयहरुले पनि पानी पथान्तरणका लागि कुनै समस्या सिर्जना नगर्नेमा आशावादी नरहेको बताउनुभयो । स्थानीयका माग सम्बोधनका लागि मन्त्रालयका कर्मचारीहरु मेलम्ची पुगिसकेको बताउनुभयो ।

मन्त्री यादवले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै काठमाडौंमा पानीको हाहाकार भएको बेलामा स्थानीयहरुले पानी पठाउँमा अवरोध नगर्नेमा आशावादी रहेको बताउनुभयो ।