१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


सातै प्रदेशमा खानेपानीको परीक्षण शुरु भइसक्यो : मन्त्री यादव


364
Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयले पानीको परीक्षण शुरु गरिसकेको बताउनुभएको छ ।

सिंहदरबारमा बुधबार काठमाडौं उपत्यका मेयर फोरमसँगको छलफलमा उहाँले विपद्बाट विपद्जन्य घटनाका कारण पानीको समस्या विकराल बनेको र अशुद्ध पानीका कारण रोगहरु फैलिनसक्ने अवस्थालाई मध्यनजर गरी पानीको परीक्षण सात प्रदेशमै शुरु गरिसकेको बताउनुभएको हो ।

खानेपानीमन्त्री यादवले स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयले मुलुकभर एउटा समूह बनाएर नागरिकको स्वास्थ्यमा पर्नसक्ने असर न्युनिकरणका लागि पानीको परीक्षण गर्न जरुरी रहेकाले सो काम शुरु गरिएको बताउनुभयो । उहाँले विपद्का कारण पाइप बगाएको, फुटेकाले पानीको अभाव भएको बताउनुभयो ।

खानेपानीमन्त्री यादवले पानीको अभाव हुन नदिन फुटेका पाइपहरु बनाउने र पानी पथान्तरण गर्ने काम गरिरहेको बताउनुभयो । उहाँले पानीको परीक्षण नगरेके खण्डमा अशुद्ध पानी पिउँदा नागरिकहरु झनै हैजा, झाडापखाला लगायतका रोगहरुबाट ग्रस्त हुने भएकाले सबैले परीक्षणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

खानेपानीमन्त्री यादवले खानेपानी मन्त्रालयसँग पियुषको उपलब्धता नरहेको तर एकुवा र बिलिजिङ पाउडर भने उपलब्ध रहेको बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयबाट दिइने सामग्रीहरु एकद्वारा प्रणालीबाट दिन प्रश्ताव गर्नुभयो । संयुक्त रुपमा सामाग्री दिँदा पारदर्शी हुने बताउनुभयो । देशभर खानेपानीको क्षेत्रमा मनसुनजन्य विपद्बाट करिब ३ अर्ब २४ करोड क्षति भएको बताउनुभयो ।