१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश र राजदुत लम्सालका उजुरीकर्तासँग भिडियोमार्फत छलफल


195
Shares

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र प्रश्तावित राजदुत चित्रलेखा यादव र सेवा लम्सालको बिरुद्धमा उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गरेको छ ।

मंगलबार प्रस्तावित प्रधानन्याधीश राउत र प्रस्तावित राजदुत द्वय यादव र लम्सालमाथि उजुरी दिएाक उजुरी कर्ताहरुसँग छलफल गरेको हो ।

प्रस्तावित प्रधानन्यायाधीश राउतमाथि ६ वटा र द्वय राजदुतमाथि एक÷एक गरी कुल आठ वटा उजुरी समितिमा प्राप्त भएका थिए । उजुरीकर्ताहरुसँग आज छलफल सकिएको र मंगलवार बस्ने समितिको बैठकमा प्रश्तावित प्रधानन्यायाधीश सिंह र अस्ट्रेलियाका लागि प्रस्तावित राजदुत यादवलाई कार्यपत्र प्रश्तुत गर्न दिने निर्णय भएको ज्येष्ठ सदस्य सभापति आनन्द ढुंगानाले बताउनुभयो । उहाँले बैठक बुधवार दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिनुभयो ।

समितिले आजदेखि नै पहिलो पटक भिडियो कन्फरेन्सबाट पनि उजुरीकर्ताहरुसँग उजुरीबारे छलफल गर्न प्रारम्भ गरेको छ । समितिमा परेका ८ उजुरीमध्ये २ जनाको उजुरी भिडियो कन्फरेन्समार्फत छलफल भएको हो । प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दिने उजुरीकर्ता नेपाली सेनाका अवकाशप्राप्त सेनानी प्रज्वल बस्नेत अमेरिकामा रहेकाले उहाँसँग भिडियोमार्फत छलफल गरेको छ । त्यस्तै बेल्जियमका लागि प्रस्तावित राजदुत सेवा लम्सालमाथि उजुरी दिने कुमारबहादुर श्रेष्ठसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेको छ ।

संसदीय समितिमा प्रविधिको प्रयोग गरेर छलफल गर्न सकिने व्यवस्था प्रतिनिधि सभा नियमावली २०७९ मा छ । सुनुवाइ समितिमा उजुरीकर्तासँग भिडियो कन्फरेन्समार्फत पहिलोपटक अभ्यास गरिएको हो ।