काठमाडौं । रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानविय क्षति भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले विपद्को बेलामा नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको बताउनुभएको हो ।
मन्त्री राईले कतिपय अवस्थामा विपद्मा परेकाहरुले आफू कुन स्थानमा छु भन्नेसम्म जानकारी राख्न नसक्दा र हेलिकप्टरलाई सही सूचना दिन नसक्दा समयमै उद्धार हुन नसकेको बताउनुभयो । उहाँले नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि भएको ठाउँमा उद्धार गर्न सहज भएको तर प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट समन्वयको अभाव हुँदा उद्धारमा चुनौती थपिएको बताउनुभयो ।
मन्त्री राईले नेपाली सेनाले विभिन्न स्थानमा अलपत्र परेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्