१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी


0
Shares

काठमाडौं । सोमवार बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा समितिको बैठक शुरु भएको हो ।

अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न बैठक बसेको हो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय हुने बताइएको छ ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मन्त्रालयका कर्मचारी एवं सुरक्षा निकायका पदाधिकारी र प्राधिकरणका विज्ञहरु सहभागी हुनुहुन्छ ।