१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


सप्तकोशीका साथै अन्य नदीको अवस्था


0
Shares

काठमाडौँ । लगातारको वर्षा रोकिए पनि केही नदीहरूको जलसतह खतराको तहभन्दा अझै माथि नै छ ।

आज बिहान ७ बजे सप्तकोशीको चतरामा जलसतह खतरा तहभन्दा माथि रहे पनि यो घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शनिबार सतर्कता तह पार गरेका नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूका साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाव आज घटेको विभागले जनाएको छ ।