काठमाडौं । नेपालको हिमाली क्षेत्र मौलिक परम्परागत कलाले भरिपूर्ण रहेको छ । जुन समयक्रम सँगै विश्वले पनि चिन्न थालेको छ । हिमाली पहिचानलाई निरन्तरता दिन एक डोल्पाली कलाकार लागि परेका छन् ।
हिमाल भन्ने वित्तिकै मनमोहक दृष्य र चिसाको अनुभुति हुने गर्छ । कठोर जन जीवनवीच हिमालको सेताम्य दृष्यको प्रेरणाले होला कठ्याङ्ग्रिदो जाडोमा पनि मौलिक परम्परमगत बौद्ध पौभा कला सयौ वर्ष पहिलेदेखि सृजना भइरहेको छ । जहाँ चिसोले कलाकारको हात करुणाले भरिएका चित्रहरु पनि कोरिएका हुन्छन् । पुस्तान्तरणबीच वर्तमान अवस्था सम्म आउदा धेरै कला परम्पराहरु परिवर्तन पनि भइसकेको छ ।
यही परिपर्तनकाबीच पाँचौ पुस्ताका डोल्पाका कलाकार तेन्जिन नोर्बु नेवार कला शैलीको प्रभाव रहेको परम्परागत शैलीलाई आधुनिक माध्यममा फयुजन गरेर कला सृजना गरिरहेका छन् । उनी हिमाली जनजीवन, समाज र संस्कृतिलाई कला मार्फत विश्वमा चिनाउन तल्लिन रहेका छन् । १० वर्षको उमेरमा बुबाबाट पौभाकला सिकेका नोर्बुको हाल ‘हिमालयन आत्माहरुको सर्वव्यापीता’ विषयक विभिन्न कला प्रदर्शनी थंबही स्थित किसीमाकः ग्यालरीमा भइरहेका छन् । नोर्बू भन्छन् (हिमाली जनजीवनलाई कला मार्फत देखाउन वर्षौंदेखि साधना गरिरहेको छु ।
४ सय वर्ष अघि देखिको हिमाली लामा वंशको परम्पराको विरासत बोकेका नोर्बुले हिमाली क्षेत्रमा प्रयोग हुने मुकुण्डोहरु समेत बनाएका छन् । उनले नेवार शैली प्रभाव रहेको डोल्पाको करिब ४ सय वर्ष पुरानो माटोका मुकुण्डोको प्रेरणाले नयाँ मुकुण्डोहरु बनाएका छन् । मुकुण्डो पनि हिमाली कलासंस्कृतिको अभिन्न अंग भएको नोर्बु बताउछन् ।
हिमाली क्षेत्रमा उत्कृष्ट मौलिक कला हुँदा पनि अहिले ओझेलमा परेको देखिन्छ । तसर्थ, हिमाली परम्परा, कला संस्कृतिलाई मूलधारमा ल्याउन सके नेपालको कला विश्वमा पहिचान बनेर उभिन सक्छ । यसका लागि नोर्बु जस्ता सृजनशील हातहरुको आवश्यकता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्