Logo २१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025


श्रमिकहरुको सामाजिक सुरक्षामा लाग्ने कर हटाउन जेटियुसिसीको माग


1.5k
Shares

काठमाडौं । श्रमिकहरुले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लागेको कर हटाउन सरोकारवालाले माग गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले श्रमिकहरुले पाउने सामाजिक सुरक्षाका कार्यक्रममा लाग्ने कर हटाउन जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले करको कुरामा नीतिगत हस्तक्षेप गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षामा कर लागिरहेको भन्दै नीतिगत रुपमा यसको समाधान खोज्नुपर्ने बताउनुभयो । उहाँले श्रमिकहरु कार्यरत रहँदा कर व्यहोरिरहने र उपदान कोष फिर्ता लिँदा पनि कर तिर्नुपर्ने अवस्था रहेको भन्दै करको दोहोरोपनालाई पनि हटाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष कुँवरले नीतिगत व्यवस्था गरी करको समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।