१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


१५ औं आउटलेट प्रेसिडेन्ट होटल सञ्चालनमा


39
Shares

काठमाडौं । प्रेसिडेन्ट समूहको १५ औं आउटलेट प्रेसिडेन्ट होटल सञ्चालनमा आएको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्धार नजिकै शम्भुमार्गमा होटल सञ्चालनमा आएको हो ।

जसले स्वच्छ वातावरण सरल ठेगाना स्तरीय सेवा स्वादिष्ट खाना अवधारणामा नयाँ आउटलेट सञ्चालनमा ल्याइएको अध्यक्ष शंकर भण्डारीले बताउनुभयो । देश तथा विदेशबाट आउने जाने नेपाली तथा विदेशी पर्यटकलाई लक्षित गरि पूर्ण पारिवारिक वातावरणमा लक्जरी सेवा उपलब्ध गराइने समेत बताईकोछ ।

२५ वटा कोठा क्षमताको होटलमा हरेक कोठामा मिनीबारसगै,रुफटप रेस्टुरेन्ट, पार्किङ सुविधा रहेको जनाइएकोछ । यस होटलको रुफटपमा आकर्षक गल्फकोर्ट दृष्यावलोकन गदै स्वादिष्ट परिकारको मज्जा लिन समेत सकिनेछ । पे्रसिडेन्ट समूह अन्तर्गत सञ्चालित होटल तथा रेस्टुरेन्टमा सिस्नो चिकन, मसरुम सिस्नो, पनिर सिस्नो लगायतका सिग्नेचर मेनु समावेश रहेको जनाइकोछ भने अत्यन्त न्युन दरमा उच्च स्तरको सेवा दिदै रैथाने जातका खसि कुखुरा, माछा तथा विषादीरहित तरकारी एवम् फलफूलको प्रयोग गरि मौलिक खानाको परिकार पस्कने गरिएको छ ।

एयरपोर्टमा सञ्चालित होटल २४ सै घण्टा सञ्चालन हुने र ३ सिफ्टमा ४० जनशक्ति परिचालन गरिएको पनि अध्यक्ष भण्डारीको भनाईछ । कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले छोटो समयमै पर्यटन क्षेत्रमा लगानी विस्तार गरेको समूहले गुणस्तरीय आतिथ्यता, खानपिनको सेवा दिदै पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । त्यसैगरि गैर आवासिय नेपाली संघका महासचिव सोम सापकोटाले आन्तरिक र बाह्य पर्यटक लक्षित होटलको नया आउटलेटले मूलुकको पर्यटन क्षेत्रलाई टेवा पुय्राउने बताउनुभयो ।

आगामी ३ बर्षभित्र थप १० वटा मझौला होटल सञ्चालनमा ल्याइने जनाइएकोछ । १८ बर्षअघि स्थापना भएको कम्पनीले २०७२ सालमा प्रेसिडेन्ट विजनेश गु्रपको नाममा व्राण्डिङगर्न सुरु गरेको हो । २८ जना फरक क्षमता भएका गरि हाल ३ सय जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ ।