काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताउनुभएको छ ।
सभापति देउवाले सत्ताका लागि कचकच भईरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको सभापति देउवाको दाबी थियो ।
शनिबार काभ्रेको धुलिखेलमा विपी कोईरालाको शालिक अनावरण गर्दै सभापति देउवाले सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई आगामी निर्वाचनमा कम्तिमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कांग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आईरहेको भन्दै सभापति देउवाले दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।
सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिष्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पु¥याउने गरी कांग्रेसले मेहनतका साथ काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्