Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड


143
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले अहिलेको संविधानले नै सबैलाई अधिकार सम्पन्न गराएको भन्दै सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको बताउनुभएको छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले, ‘आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवस । दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधान । यसले सबैलाई अधिकार सम्पन्न बनाएको छ । सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको छ । यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ ।’ उल्लेख गर्नु भएको छ ।

जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सन नहुने भन्दै प्रधानमन्त्री ओलीले यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा समाजलाई निरंकुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र मष्तिस्कमा आउने उल्लेख गर्नुभएको छ ।

यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर नै भविष्य सुरक्षित गर्नु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।