२७ मंसिर २०८१, बिहिबार | Fri Dec 13 2024


संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन : मन्त्री पाण्डे


377
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संविधान संशोधन दुई दलले मात्रै गरेर सम्भव नहुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको संविधान र संस्कृति विषयक अन्तरक्रियामा बोल्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

पर्यटनमन्त्री पाण्डेले देश गम्भीर संकटमा रहेकाले नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुपरेको बताउनुभयो । उहाँले काँग्रेस र एमाले एक ठाउँमा उभिनुलाई राजनीतिक रुपमा मात्रै बुझ्ननहुने बताउनुभयो । उहाँले साना दलहरुलाई खुम्च्याउने, ठूला दुई दलको सिण्डिकेट कायम गर्ने भन्ने जस्ता भ्रम फैल्याएर राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले भ्रम फिँजाइएको बताउनुभयो ।

पर्यटनमन्त्री पाण्डेले २०८४ मा दुई दल प्रतिष्पर्धा गर्नेकुरा अवश्यम्भावी रहेको उल्लेख गर्दै आफ्नो इगोलाई बिर्सिएर देश विकासमा लाग्न सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो । आफ्ना आग्रह र पूर्वाग्रहहरुलाई, प्रतिष्पर्धालाई युद्धविराम गरेर नै काँग्रेस र एमालेले देशको नेतृत्व गरिरहेको बताउनुभयो ।

देशभक्तिको स्वार्थमा सबै केन्द्रित हुनसके संविधानले बोकेको संस्कृतिको सम्मान हुने बताउनुभयो । राजनीति एउटा आदर्शको बाटो समातेर अघि बढ्नुपर्ने बताउनुभयो ।