काठमाडौं । काठमाडौंको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ ।
इन्द्रजात्राको अवसरमा ५०१ कुमारीको पूजा गरिएको छ ।
नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । इन्द्रजात्रा सुरु भएसँगै बसन्तपुरमा विभिन्न पूजा हुने गर्छन् ।
पूजाहरूमध्ये सामूहिक कुमारी पूजा पनि एक महत्त्वपूर्ण पूजा मानिन्छ । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ ।
कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्